FAQs Complain Problems

ग्यालरी

आज मिति २०७९/०२/१८ गते जि फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशिल भरिया समाज ऐसेलुखर्क गा.पा.वडा नं. १ राखाबाङ्देल खोटाङ मार्फत विद्यालय व्यबस्थापन समिती र स्थानिय समुदायसङको समन्वय र सहभागितामा खोटाङ जिल्ला केपिलासगढी गा.पा. वार्ड नं. १ शुक्रबारेमा रहेको श्री कुहुडाँडा माध्यमिक विद्यालयको नव निर्मित ५ ब्लकको १० कोठे पक्की भवनको हस्तान्तरण कार्यक्रमको उद्घाटन प्रमुख अतिथी तथा गाउँपलिका अध्यक्ष श्री समीर राई ज्यू बाट रिवन काटेर सु-सम्पन्न भएको छ।

मिति: 06/02/2022 - 12:52
, , , , , , , , ,

आज मिति २०७८ चैत्र ०२ गते करिब साँढे तीन वर्ष (२०७५ सालको भदौ १२ गते देखि आजको मिति सम्म) यस केपिलासगढी गाउँपालिकाको अनवरत सेवामा खटिनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री छविलाल राई मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई जानु हुने भएकाले उहाँको विदाई तथा फेरि भेटौंला कार्यक्रम गरियो । उहाँले यस कार्यालयमा रहेर पुर्‍याउनु भएको सेवाको उच्च कदर गर्दै केपिलासगढी गाउँपालिकाले कदर-पत्रको साथ उहाँको सम्मान गरेको छ ।

मिति: 03/23/2022 - 10:52
गाउँपालिका अध्यक्ष ज्यु द्वारा विदाई भएर जानुहुने  प्रमुख प्रशासकीय अधिकृत श्री छविलाल राई ज्युलाई सम्मान पत्र प्रदान गर्नुहुदै l, , , , ,

खोटाङको सुदुर उत्तरको केपिलासगढी गाउँपालिकाका ज्येष्ठ नागरिक, महिला, बालबालिका र शारीरिक अपाङ्गता भएका नागरिकहरुलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान भएको छ ।

गाउँका दुर दराजबाट स्वास्थ्य सेवामा सिधा पहुँच नभएका नागरिकहरुले शिविर मार्फत आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्नु भयो ।

४०० बढी नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्नु भएकोमा बधाई र शिविर सञ्चालन गर्नु भएकोमा जनसेवा समाज नेपाल जालपा एवं जनसेवा सामुदायिक अस्पताल र पदाधिकारी साथै स्वास्थ्य विशेषज्ञ टोली प्रति कृतज्ञ छौं ।

मिति: 03/01/2021 - 11:55

केपिलासगढी गाउँपालिका खोटाङको बृहत संस्कृति तथा परम्परा अध्ययनको लागि नेपाल प्राज्ञिक अनुसन्धान केन्द्र काठमाडौंसँग सम्झौता सम्पन्न भएको छ ।

(तस्बिरमा गाउँपालिका अध्यक्ष श्री कृष्ण कुमार राई र नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रका अध्यक्ष डा. भक्त राई)

मिति: 01/21/2021 - 14:28

मिति २०७६/०१/३० गते केपिलासगढी गाउँपालिकामा भएको कर्मचरीहरु तथा गाउँपालिका अध्यक्ष बीच भएको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष श्री कृष्ण कुमार राईले गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई विभिन्न विषयमा विविध सुझाव तथा निर्देशन दिनु भएको छ ।  सो कार्यक्रममा सबै विषयगत शाखा तथा वडा कार्यालयहरुको प्रगति विवरण पेश गरिएको थियो । कार्यक्रममा 

मिति: 05/14/2019 - 11:41

मिति 2076 साल बैशाख २८ र २९ गते प्रयास/हेल्भेटास स्वीस इन्टरकोअपरेसन, नेपालको सहयोग तथा केपिलासगढी गाउँपालिकाको आयोजनामा केपिलासगढी गाउँपालिकाका अध्यक्ष श्री कृष्ण कुमार राईको अध्यक्षतामा "जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि नेपालको संविधान एवं स्थानीय सरकार सञ्चालन ऐनमा कृषी सम्बन्धि भएको व्यवस्था" विषयक २ दिने कार्यशाला गोष्ठी सञ्चालन हुँदै ।

मिति: 05/11/2019 - 18:36

कर्मचारी समायोजन अध्यादेश, २०७५ बमोजिम प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत समायोजन भई जानुभएका सह-लेखापाल श्री विनोद ढकाललाई यस कार्यालयमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै सधन्यवाद नयाँ कार्यालयमा पनि उत्कृष्ट कार्यसम्पादनको लागि शुभकामना व्यक्त गर्दै यस केपिलासगढी गाउँपालिकाबाट विदाई गरियो ।

मिति: 05/11/2019 - 11:59

Pages