अपडेट :
जनसेवा सामुदायिक अस्पतालद्धारा सञ्चालित २ दिवसीय निःशुल्क स्वास्थ्य शिविर पछि ।
खोटाङको सुदुर उत्तरको केपिलासगढी गाउँपालिकाका ज्येष्ठ नागरिक, महिला, बालबालिका र शारीरिक अपाङ्गता भएका नागरिकहरुलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान भएको छ ।
गाउँका दुर दराजबाट स्वास्थ्य सेवामा सिधा पहुँच नभएका नागरिकहरुले शिविर मार्फत आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्नु भयो ।
४०० बढी नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्नु भएकोमा बधाई र शिविर सञ्चालन गर्नु भएकोमा जनसेवा समाज नेपाल जालपा एवं जनसेवा सामुदायिक अस्पताल र पदाधिकारी साथै स्वास्थ्य विशेषज्ञ टोली प्रति कृतज्ञ छौं ।