अपडेट :
मिति २०७९/०६/०३ गते संविधान दिवसको अवसरमा केपिलासगढी गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै संविधान दिवस भव्यताका साथ मनाएको छ।
मिति २०७९/०६/०३ गते संविधान दिवसको अवसरमा केपिलासगढी गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै संविधान दिवस भव्यताका साथ मनाएको छ।
कार्यक्रमहरु:
१. विहानको समयमा अफिस परिसर तथा बजार सरसफाई कार्यक्रम।
२. दिउसोको समयमा अफिस ब्याडमिन्टन कभर्ड हाल उद्घाटन तथा खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिता संचालन।
३. साँझ कार्यालय परिसर तथा विभिन्न धार्मिक स्थलहरुमा दिप प्रज्वलन।
गाउँपालिकाको २२ लाख १० हजार अनुदान र उपभोक्ता समितिको ३ लाख ९० हजार श्रमदानमा निर्माण गरिएको कभर्ड हलको आईतबार संविधान दिवस २०७९ को अवसर पारेर गाउँपालिका अध्यक्ष समिर राईले ब्यानर पढेर, रिबन काटेर उद्घाटन गर्नुभयो।
कार्यक्रमको मुख्य आकर्षण रहेको खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ। जम्मा २५ टिमको सहभागिता रहेको प्रतियोगिता २ दिनमा सम्पन्न भएको छ ।
प्रतियोगितामा बिजयी हुने खेलाडीहरुको नाम तपसिल बमोजिम रहेको छ।
१. प्रथम (नगद रु ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र) - एलिस दंगाल र सबिन श्रेष्ठ (Dorpa Sports Club)
२. द्वितिय (नगद रु ३५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र) – प्रकाश राई र पवन राई (Solma Sports Club)
३. तृतीय (नगद रु २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र) – किशन अधिकारी र प्रविन मुग्राती (ऐसेलुखर्क गाउँपालिका)
व्यक्तिगत विधातर्फ
१. उदयिमान खेलाडी (नगद रु ३ हजार, शिल्ड, मेडल र प्रमाणपत्र) – ग्याल्जेन तामाङ
२. सर्बोत्कृस्ट खेलाडी (नगद रु ५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र) – सुरेश तामाङ