FAQs Complain Problems

केपिलासगढी गाउँपालिकाको संक्षिप्त परिचय

केपिलासगढी गाउँपालिका प्रदेश नं १ अन्तर्गत खोटाङ जिल्लामा पर्दछ । केपिलासगढी  गाउँपालिका खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बाट करिब ४२ किलोमिटर उत्तर-पुर्व तर्फ १६१० मिटरको उचाइमा १९१.९३ वर्ग कि.मि क्षेत्रफलमा अवस्थित छ । यस गाउँपालिकाको छिमेकी गाउँपालिकाहरुमा पुर्व तर्फ टेम्के मैयुम गाउँपालिका र साल्पा सिलिचोङ गाउँपालिका छन भने पश्चिम तर्फ ऐसेलुखर्क गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रहेका छन त्यस्तै उत्तर तर्फ ऐसेलुखर्क गाउँपालिका, सोलुखुम्वुको सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिका रहेका छन भने दक्षिण तर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र भोजपुरको टेम्के मैयुम गाउँपालिका रहेका छन । यस गाउँपालिकामा जम्मा ७ वटा वडाहरु (फेदि–१, खार्तम्छा–२, बास्पानी–३, बाक्सिला–४, सप्तेश्वर–५, दिप्सुङ–६ र सुङ्देल–७) रहेका छन् भने गाउँ कार्यपालिकाको कार्यालय वडा नं ४ अन्तर्गत बाक्सिला बजारमा रहेको छ । यस गाउँपालिकालाई पर्यटकिय क्षेत्रको दृष्टिकोणले हेर्ने हो भने पूर्वमा लौरेडाँडा, ढोलटासे, ढालतरवार डाँडा, घ्याड्डखर्क, वाहानेडाँडा, चिलिमढुङ्गा पूर्व दक्षिणमा जुगे हक्कुले र ४ नं. वडाको केपिलिसगढी डाँडा  अत्यन्तै सम्भावना बोकेको पाइन्छ । त्यति मात्र हैन गाउँपालिकाबाट दक्षिण-पुर्व तर्फमा अवस्थित मैयुमडाँडा पनि सुन्दरताले भरिपूर्ण रहेको पाइन्छ । यस गाउँपालिकामा विशेष गरेर राई जातिको वाहुल्यता रहे पनि क्षेत्री, बाहुन, तामाङ, गुरुङ, नेवार, कामी, दमै, सार्की ,मगर, लिम्वु साथै शेर्पा जातिको पनि वसोवास रहेको छ । जनगणना २०६८ अनुसार यस गाउँपालिकाको जम्मा जनसंख्या ‍१५२८८ रहेको छ । यस गाउँपालिकाका बासिन्दाहरू अधिकाम्स कृषी पेशामा निर्भर रहेका छन भने केही मात्रामा सरकारी नोकरी, व्यापार, व्यवसाय, वैदेशिक रोजगार, सिकर्मी तथा डकर्मी पेशामा निर्भर रहेका छन् ।

केपिलासगढी गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
फेदी(१-९) २७६७ ५८.२४
खार्ताम्छा(१-९) १५२६ १४.९५
बास्पानी(१-९) १२१२ ६.८९
बाक्सिला(१-९) ३०८३ १६.७१
सप्तेश्वर(१-९) १७१६ १०.१७
दिप्सुङ(१-९) ८०६ १३.०९
सुङ्देल(१-९) २१२१ ७१.५
  जम्मा   १३२३१ १९१.५५