अपडेट :
५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा केपिलासगढी गाउँपालिकाले आयोजना गरेको कार्यक्रम
मिति २०७९/०५/२४ गते ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा केपिलासगढी गाउँपालिकाको आयोजनामा केपिलासगढी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुबाट माध्यमिक शिक्षा परिक्षा (SEE) मा सर्बोत्कृस्ट अंक ल्याउने छात्र-छात्रालाई पुरस्कार वितरण साथै बिबिध प्रतियोगितात्मक तथा रचनात्मक कार्यक्रम सम्पन्न भएको छ।पृथ्वी मा.वि. बाक्सिलाको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष श्री समिर राई ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो कार्यक्रममा शैक्षिक सत्र २०७८ को SEE परिक्षामा केपिलासगढी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुबाट सर्बोत्कृस्ट अंक ल्याउने छात्र रेडस्टार राई ( 2.9 G.P.A) – श्री थर्पुडाँडा मा.वि. सप्तेश्वर र छात्रा युनिशा राई ( 2.85 G.P.A ) - श्री पृथ्वी मा.वि. बाक्सिलालाई जनही नगद १ लाख सहित सम्मान पत्र गाउँपालिका अध्यक्ष श्री समिर राई ज्यू तथा उपाध्यक्ष श्री गुरुराज राई ज्यूले संयुक्त रुपमा प्रदान गर्नुभयो।विद्यार्थीहरु पढाईको सिलसिलमा जिल्ला बाहिर रहेकोले उक्त पुरस्कार उहाँहरुको अभिभावकलाई प्रदान गरिएको थियो।l
उक्त कार्यक्रममा गाउँपालिका भित्रका सबै सामुदायिक तथा नीजि विद्यालयहरुको सहभागितामा हिसाब दौड, हाजिरीजवाफ तथा नृत्य प्रतियोगिता आयोजना गरिएको थियो। l
अतिरिक्त क्रियाकलापको विधातर्फका विजयी विद्यालय तथा विद्यार्थीहरुको विवरण तपशिल बमोजिम रहेको छ।
तपशिल:
हिसाबदौड: (कक्षा १-५)
१.श्री लक्षुमन वि.क.- प्रथम- श्री दाम्खु आ.वि., दाम्खु- नगद ३ हजार र प्रमाणपत्र
२.श्री रितु कोयी राई- द्वितिय- श्री सुर्य मा.वि., सुंङदेल- नगद २ हजार र प्रमाणपत्र
३.श्री अप्सरा घले-तृतीय- श्री जलपा मा.वि., पिपलडाँडा- नगद १ हजार र प्रमाणपत्र
हाजिरीजवाफ: (कक्षा ९-१२)
१.श्री बिमोचन राई- प्रथम- श्री पृथ्वी मा.वि., बाक्सिला
२.श्री आलोक राई- प्रथम- श्री पृथ्वी मा.वि., बाक्सिला
३.श्री सम्झना थापा- प्रथम- श्री पृथ्वी मा.वि., बाक्सिला
पुरस्कार नगद १० हजार र प्रमाणपत्र
४.श्री सुजन कार्की- द्वितीय-श्री थर्पुडाँडा मा.वि., सप्तेश्वर
५.श्री शिव कुमार राई - द्वितीय-श्री थर्पुडाँडा मा.वि., सप्तेश्वर
६.श्री क्यालसी राई- द्वितीय-श्री थर्पुडाँडा मा.वि., सप्तेश्वर
पुरस्कार नगद ७ हजार र प्रमाणपत्र
७.श्री प्रदिप राई- तृतीय- श्री कुहुडाँडा मा.वि., फेदी
८.श्री पवित्रा राई- तृतीय- श्री कुहुडाँडा मा.वि., फेदी
९.श्री जुनिता राई- तृतीय- श्री कुहुडाँडा मा.वि., फेदी
पुरस्कार नगद ५ हजार र प्रमाणपत्र
नृत्य प्रतियोगिता: (कक्षा १-८)
१.श्री पृथ्वी मा.वि. बाक्सिला- प्रथम - नगद १० हजार र प्रमाणपत्र
२.श्री शुक्रजित मा.वि., खार्ताम्छा - द्वितिय नगद ७ हजार र प्रमाणपत्र
३.श्री Babycare English Boarding School - तृतीय - नगद ५ हजार र प्रमाणपत्र
४.श्री Sunshine English Boarding School - सान्त्वना - नगद ३ हजार र प्रमाणपत्र
केपिलासगढी गाउँपालिका यस कार्यक्रममा सहभागी भएर कार्यक्रम सफल पार्नको लागि भुमिका खेल्नुहुने सम्पूर्ण बिद्यालय, बिद्यार्थी, राजनीतिक दलका प्रतिनिधिहरु, संघ-संस्थाका प्रतिनिधिहरु, बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दछ l