केपिलासगढी गाउँपालिकाले आ.व. २०८१/०८२ अन्तर्गत पहिलो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता निकाशा गरेको छ। कुल १८५७ जना लाभग्राहीहरुलाई निकाशा भएको सामाजिक सुरक्षा भत्ता ६ जनाले बैंक खाता नखोलेको कारण जम्मा १८५१ जनालाई निकाशा गरिएको छ। पाहिलो त्रैमासिकमा जम्मा १ करोड ८४ लाख छयालीस हजार चौरानब्बे रुपैयाँ निकाशा भएको छ।