अपडेट :
करार सेवामा कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना
केपिलासगढी गाउँपालिकालाई आवश्यक स्वास्थ्य सेवा तर्फका हेल्थ इन्स्पेक्सन समूह तर्फ हे.अ. (पाँचौ) तथा अ.हे.व. (चौथो), कम्युनिटी नर्सिङ समूह तर्फ अ.न.मि. (चौथो) र ल्याब टेक्नोलोजी समूह तर्फ ल्याब असिस्टेन्ट (चौथो) पदहरुमा पदपुर्तिको लागि इच्छुक नेपाली नागरिकहरुले २०७७/०६/११ गते कार्यालय समय भित्र तोकिएको ढाँचामा आवेदन फारम भरी यस कार्यालयमा पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।