अपडेट :
मिति २०७९/०३/२ गतेको दिन केपिलासगढी गाउँपालिका स्तरीय प्रधानाध्यपकहरुको वैठक गाउँपालिका अध्यक्ष श्री समिर राईको अध्यक्षतामा सम्पन्न भयो ।
आज मिति २०७९/०३/२ गतेको दिन केपिलासगढी गाउँपालिका स्तरीय प्रधानाध्यपकहरुको वैठक गाउँपालिका अध्यक्ष श्री समिर राईको अध्यक्षतामा सम्पन्न भयो । गाउँपालिका भित्रको ३७ वटा सामुदायिक विद्यालयहरुको प्रधानाध्यापकहरुको उपस्थितिमा सम्पन्न बैठकमा विद्यालयहरुकोवर्तमान अवस्था र भावी अपेक्षाको बारेमा रिपोर्टिङ भयो । गाउँपालिका भरिको विद्यालयहरुमा शैक्षिक कार्यक्रममा एकरुपता कायम गर्न गराउने, हिउँदे र वर्षे विदा तथाआधारभूत तह कक्षा ८ को ग्रेडवृद्वि परिक्षा संचालन सम्वन्धमा आवश्यक छलफल र निर्णयहरु भयो ।
साथै, उक्त बैठकमा केपिलासगढी गाउँपालिका उपाध्यक्ष श्री गुरुराज राई र प्रमुख प्रशासकीय अधिकृत श्री अजम्वर राईले आ-आफ्नो निर्देशनात्मक भनाईहरु राख्नु भएको थियो ।