अपडेट :
श्री कुहुडाँडा माध्यमिक विद्यालयको नव निर्मित ५ ब्लकको १० कोठे पक्की भवनको हस्तान्तरण कार्यक्रमको उद्घाटन प्रमुख अतिथी तथा गाउँपलिका अध्यक्ष श्री समीर राई ज्यू बाट रिवन काटेर सु-सम्पन्न भएको छ।
आज मिति २०७९/०२/१८ गते जि फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशिल भरिया समाज ऐसेलुखर्क गा.पा.वडा नं. १ राखाबाङ्देल खोटाङ मार्फत विद्यालय व्यबस्थापन समिती र स्थानिय समुदायसङको समन्वय र सहभागितामा खोटाङ जिल्ला केपिलासगढी गा.पा. वार्ड नं. १ शुक्रबारेमा रहेको श्री कुहुडाँडा माध्यमिक विद्यालयको नव निर्मित ५ ब्लकको १० कोठे पक्की भवनको हस्तान्तरण कार्यक्रमको उद्घाटन प्रमुख अतिथी तथा गाउँपलिका अध्यक्ष श्री समीर राई ज्यू बाट रिवन काटेर सु-सम्पन्न भएको छ।
बिकट पहाडी भुगोल,कमजोर अनि जिर्ण भवनले गर्दा बर्खा याममा पठनपाठन गर्न असहज भइरहेको स्थितिमा नवनिर्मित पक्की भवनले पठनपाठनमा सहजता हुने तथा विद्यार्थीहरुमा पनि पढ्ने मनोबल बढाउने अपेक्षा गाउँपालिकाले गरेको छ।
सो कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष समीर राई ज्यूद्वारा आकर्षक एबम सुबिधा सम्पन्न भवन बनाउनमा आफ्नो आफ्नो ठाउँबाट बिशेष भुमिका निर्वाह गर्नुभएकोमा जि फाउन्डेसन र सिर्जनशिल भरिया समाजलाई धन्यवाद व्यक्त गर्नुभएको छ।
उक्त भवनको लागत अनुमान तपशिल बमोजिम रहेको छ।
तपशिल:
यो वर्ष 3 block 6 room को लागत
-> जि फाउन्डेसन 72,72,954.93
-> समुदाय र स्थानीय सरकार सहयोग 8,96,673.44
जम्मा: 81,69,628.37
गत वर्ष 2 block 4 room को लागत
-> जि फाउन्डेसन 45,87,281.43
-> समुदाय 4,36,934
जम्मा: 50,25,215.83
कुल जम्मा 5 block 10 rooms को रु १,३१,९४,८४४.२० ।