अपडेट :
लघु उधम बिकास कार्यक्रम (मेड्पा) तर्फको प्रबिधिक सीप बिकास तालिम अन्तर्गत ३ महिने सिलाईकटाई सम्बन्धी सिप बिकास तालिम समापन कार्यक्रम
मिति २०७९/०३/२२ गतेका दिन आ.ब. २०७८/०७९ मा संघिय सरकारको शसर्त अनुदान र यस केपिलासगढी गाउँपालिकाको आयोजनामा सन्चालित गरिवी निवारणका लागि लघु उधम बिकास कार्यक्रम (मेड्पा) तर्फको प्रबिधिक सीप बिकास तालिम अन्तर्गत ३ महिने सिलाईकटाई सम्बन्धी सिप बिकास तालिम समापन र उपयुक्त प्रबिधी हस्तान्तरण कार्यक्रम केपिलासगढी गाउँपालिका वडा नम्बर ०१ फेदिका वडा अध्यक्ष श्री निरकुमार राई ज्युको अध्यक्षतामा साथै गाउँपालिका अध्यक्ष श्री समीर राई ज्युको प्रमुख अतिथ्यतामा केपिलासगढी गाउँपालिका वडा न. १ को कार्यलयमा सम्पन्न भएको छ।
यस कार्यक्रम बाट १५ जना प्रशिक्षार्थीहरुले सिलाईकटाई सम्बन्धी सीप बिकास तालिम सिक्नु भएको छ । यस तालिम बाट सिर्जना गरियका लघु उधमीहरुले उत्पादन गरेका कपडाहरु सुत्केरी महिलाहरुले प्रयोग गर्न मिल्ने भएकोले स्वास्थ्य चौकी फेदीलाई हस्तान्तरण गरियो र बाँकी ड्रेस र कुर्ता सुरुवालहरु स्वयम् तालिम सिक्ने ब्यक्तीहरु नै बिपन्न समुदायका भएकाले उहाहरुलाई नै बितरण गरिएको कुरा गाउँपालिका अध्यक्ष श्री समीर राई ज्यूले बताउनु भयो ।
उपयुक्त प्रबिधी हस्तान्तरण कार्यक्रम स्वयम् प्रशिक्षार्थी अर्थात लघु उधमीहरुको २० प्रतिशत लगानी र मेड्पा कार्यक्रम तर्फबाट ८० प्रतिशत लगानी रहेको थियो । लघु उधमीहरुले गरेको लगानी स्थानिय राजश्वको रुपमा गाउँपालिकाको आन्तरिक राजश्व खातामा जम्मा हुनेछ । सिप बिकास तालिमका लागि १५ वटा मेशिन खरिद गरिएको थियो । १५ वटा मेशिन मध्ये १२ वटा मेशिन हस्तान्तरण गरियो, १२ वटा मध्ये पनि १ वटा मेशीन लगनशिल ईमान्तार पिछडिएको वर्ग दलित समिदायका १ जना ब्यक्तिलाई निशुल्क मेशिन बितरण गरिएको छ ।
सोही अवसरमा केपिलासगढी गाउँपालिका परिवारको तर्फबाट सिप बिकास तालिम प्रशिक्षक श्री निरकुमार परियार लाई विशेष धन्यवाद सहित गाउँपालिका अध्यक्ष श्री समिर राई ज्यूले प्रशंसा पत्र प्रदान गर्नुभएको छ।