FAQs Complain Problems

नवनिर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष

Read More

नवनिर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरु

Read More

केपिलासगढी गाउँपालिकाको संक्षिप्त परिचय

केपिलासगढी गाउँपालिका प्रदेश नं १ अन्तर्गत खोटाङ जिल्लामा पर्दछ । केपिलासगढी  गाउँपालिका खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बाट करिब ४२ किलोमिटर उत्तर-पुर्व तर्फ १६१० मिटरको उचाइमा १९१.९३ वर्ग कि.मि क्षेत्रफलमा अवस्थित छ । यस गाउँपालिकाको छिमेकी गाउँपालिकाहरुमा पुर्व तर्फ टेम्के मैयुम गाउँपालिका र साल्पा सिलिचोङ गाउँपालिका छन भने पश्चिम तर्फ ऐसेलुखर्क गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रहेका छन त्यस्तै उत्तर तर्फ ऐसेलुखर्क गाउँपालिका, सोलुखुम्वुको सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिका रहेका छन भने दक्षिण तर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र भोजपुरको टेम्के मैयुम गाउँपालिका रहेका छन । यस गाउँपालिकामा जम्मा ७ वटा वडाहरु (फेदि–१, खार्तम्छा–२, बास्पानी–३, बाक्सिला–४, सप्तेश्वर–५, दिप्सुङ–६ र सुङ्देल–७) रहेका छन् भने गाउँ कार्यपालिकाको कार्यालय वडा नं ४ अन्तर्गत बाक्सिला बजारमा रहेको छ । यस गाउँपालिकालाई पर्यटकिय क्षेत्रको दृष्टिकोणले हेर्ने हो भने पूर्वमा लौरेडाँडा, ढोलटासे, ढालतरवार डाँडा, घ्याड्डखर्क, वाहानेडाँडा, चिलिमढुङ्गा पूर्व दक्षिणमा जुगे हक्कुले र ४ नं. वडाको केपिलिसगढी डाँडा  अत्यन्तै सम्भावना बोकेको पाइन्छ । त्यति मात्र हैन गाउँपालिकाबाट दक्षिण-पुर्व तर्फमा अवस्थित मैयुमडाँडा पनि सुन्दरताले भरिपूर्ण रहेको पाइन्छ । यस गाउँपालिकामा विशेष गरेर राई जातिको वाहुल्यता रहे पनि क्षेत्री, बाहुन, तामाङ, गुरुङ, नेवार, कामी, दमै, सार्की ,मगर, लिम्वु साथै शेर्पा जातिको पनि वसोवास रहेको छ । जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जम्मा जनसंख्या ‍१३२३१ रहेको छ । यस गाउँपालिकाका बासिन्दाहरू अधिकाम्स कृषी पेशामा निर्भर रहेका छन भने केही मात्रामा सरकारी नोकरी, व्यापार, व्यवसाय, वैदेशिक रोजगार, सिकर्मी तथा डकर्मी पेशामा निर्भर रहेका छन् ।

केपिलासगढी गाउँपालिकाको विस्तृत विवरण

 

क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
फेदी(१-९) २७६७ ५८.२४
खार्ताम्छा(१-९) १५२६ १४.९५
बास्पानी(१-९) १२१२ ६.८९
बाक्सिला(१-९) ३०८३ १६.७१
सप्तेश्वर(१-९) १७१६ १०.१७
दिप्सुङ(१-९) ८०६ १३.०९
सुङ्देल(१-९) २१२१ ७१.५
  जम्मा   १३२३१ १९१.५५

Pages

सूचना तथा समाचार

पदाधिकारी

गाउँपालिका अध्यक्ष
samairrai2003@gmail.com
9842952284
गाउँपालिका उपाध्यक्ष
gururai544@gmail.com
9841218585

कर्मचारी

नि.प्रमुख प्रशासकीय अधिकृत
edu.kepilasmun@gmail.com
9842536975
लेखा अधिकृत
jeevan.khatri.480@gmail.com
9842895809
सूचना प्रविधि अधिकृत / सूचना अधिकारी
souldx.sangam@gmail.com
9849685297

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- रु १००/-
आवश्यक कागजातहरुः-

१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

२) कार्यालयको पत्र  

३) विषयसँग सम्बन्धित अन्य कागजातहरु 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

२) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ,व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद 

३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- डा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि 

२)  कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस

३) व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- रु १००/-
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात

४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- रु १००/-
आवश्यक कागजातहरुः-

१) वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र

२) नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु  गर्न

३) पासपोर्ट साईजको फोटो ३ प्रति 

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद 

५) सर्जमिन मुचुल्का

६) श्रीमानको नागरिकता प्रमाण पत्र सक्कल/प्रतिलिपी

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- डा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- रु १००/-
आवश्यक कागजातहरुः-

१) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र  निवेदन पत्र

२) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने

५) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने 

६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- रु १००/-
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको  नागरिकता प्रमाण पत्रको प्रतिलिपि

४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा) 

५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहिताको हकमा) 

६) बसाई सरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि 

७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति 

८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 

९) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि/सक्कल नागरिकता प्रमाण पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५००/-
आवश्यक कागजातहरुः-

आवश्यक कागजातहरुः-

सूचना फाराम सँगै संलग्न गर्नुपर्ने कागजातहरु

१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. बसाई सराईको लगत हस्तान्तरण फारामको सक्कल प्रति पुनश्च: पैंतीस दिनभित्र बसाई सरी जाने ठेगानाको स्थानीय पञ्जीकाधिकारीको कार्यालयमा यो सूचना फाराम दर्ता गर्नु पर्नेछ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र आय नि:शुल्क र साे भन्दा बढी भएमा रु १००/-
आवश्यक कागजातहरुः-

 

संलग्न गर्नुपर्ने कागजातहरुः

१. दुलाहादुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि;

२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा;

३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज;

४. दुवै जनाको हालै खिचेको ३५x३५ मि.मि साईजको फोटो ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र आय नि:शुल्क र साे भन्दा बढी भएमा रु १००/-
आवश्यक कागजातहरुः-

संलग्न गर्नुपर्ने कागजात

१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा)

२. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३. विदेशी भएमा सूचक र मृतकको राहदानी¸ प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र आय नि:शुल्क र साे भन्दा बढी भएमा रु १००/-
आवश्यक कागजातहरुः-

संलग्न गर्नुपर्ने कागजातहरु 

१. बाबु वा आमाको नागरिकताको प्रतिलिपि;

२. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन;

३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण;

४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज;

५. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण;

६. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण;

७. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।

जानकारी